अर्घाखाँचीका सिडिओ र सहायक सिडिओलाई कोरोना संक्रमण

119
  •  
  •  
  •  

काठमाडौं । अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी विष्णु पौडेल र सहायक प्रजिअ विक्रम थापालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ज्वरो, रूघाखोकी लागेपछि प्रजिअ पौडेलको स्वाब परीक्षण गरिएको थियो । उनीहरुको रिपोर्ट पोजेटिभ आएको बताइएको छ ।

सहायक प्रजिअ थापामा भने कोरोनाका लक्षण देखिएको छैन। उनीहरू शीतगंगा नगरपालिका कोठिया तथा सन्धिखर्क नगरपालिका भुजुंगे क्षेत्रमा पहिरोपीडितलाई राहत वितरण गरेर फर्केका थिए। बिहीबार कोरोना पोजेटिभ देखिएपछि प्रजिअ र सहायक प्रजिअ होम आइसोलेसनमा बसेका छन्।


  •  
  •  
  •