कर्मचारीमा कोरोना संक्रमण देखिएपछि श्रम स्वीकृति बन्द

142
  •  
  •  
  •  

काठमाडौं । कर्मचारीलाई कोरोना भाइरस संक्रमण देखिएपछि वैदेशिक रोजगार कार्यालयले श्रम स्वीकृति बन्द गरेको छ । कार्यालयले बुधबार एक सूचना जारी गर्दै श्रम स्वीकृति अनिश्चितकालीन बन्द गरेको जनाएको हो ।

कार्यालयले आफ्नो फेसबुक पेजबाट नयाँ जानकारी लिएर कार्यालय आउन आग्रह गरेको छ । सरकारले वैदेशिक रोजगारीमा जाने कमदारको श्रम स्वीकृति खुला गरेपछि पुनः श्रम स्वीकृति लिएर दैनिक डेढ सय नेपाली श्रम गन्तव्यमा गइरहेका छन् ।

पछिल्ला दिनमा वैदेशिक रोजगार व्यवसायीहरूले नयाँ पूर्व स्वीकृति लिन थालेका थिए । कार्यालयले श्रम स्वीकृति दिने काम लामो समय रोके विदामा घर आएका धेरै कामदारले विदेशमा पाइरहेको आकर्षक तलव र सेवा सुविधा सहितको रोजगारी गुमाउनु पर्ने सरोकारवालाहरूको भनाइ छ ।


  •  
  •  
  •