कोरोना संक्रमणबाट थप १० जनाको मृत्यु

79
  •  
  •  
  •  

काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टायता कोरोना संक्रमणबाट थप १० जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तीनजना महिला र सातजना पुरुष रहेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसहित कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या चार सय ९१ पुगेको छ ।
मृत्यु हुनेमा काठमाडौंका एक महिला र दुई पुरुष गरी तीनजना, बाँकेका एक महिला र दुई पुरुष गरी तीनजना छन् । त्यसैगरी मोरङ, महोत्तरी र चितवनमा एक–एक पुरुष र सर्लाहीकी एक महिलाको मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले बताए ।
यसअघि सोमबार नेपालमा कोरोना संक्रमणबाट थप चार जनाको मृत्यु भएको थियो ।


  •  
  •  
  •