कोरोना भाइरसका कारण विदेशमा थप २१ नेपालीको मृत्यु

97
  •  
  •  
  •  

काठमाडौं । गएको साता विदेशमा कोरोना भाइरसका कारण थप २१ नेपालीको ज्यान गएको छ । गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिका अनुसार कुवेतमा ५ जना, साउदी अरबमा १४ जना, यूएईमा १ जना, युगान्डामा १ जना गरी गएको साता मात्रै थप २१ जना नेपालीको कोरोनाबाट ज्यान गएको पुष्टि भएको हो ।

शनिबार साँझसम्म १७ देशमा रहेका २ सय ६५ जना नेपालीको कोरोना भाइरसको सङ्क्रमणबाट ज्यान गएको स्वास्थ्य समितिले जनाएको छ । गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिले सङ्कलन गरेको तथ्यांक अनुसार शनिबार साँझसम्म ४२ देशमा रहेका ३८ हजार ८ सय ४८ जना नेपालीमा कोरोना पुुष्टि भएको छ । तीमध्ये ३५ हजार ७८ जना कोरोनाबाट निको भएका छन् ।

यो कुल सङ्क्रमितमध्ये ९२ प्रतिशत हो । समितिका संयोजक डा.सञ्जीव सापकोटाका गएको साता पोर्चुगल, बेलायत, साउदी अरब, कुवेत, यूएई र अमेरिकामा रहेका थप नेपालीमा कोरोना सङ्क्रमण देखिएको हो ।


  •  
  •  
  •