काठमाडौं उपत्यकामा थप ७ सय ५५ जनामा कोरोना संक्रमण

76
  •  
  •  
  •  

काठमाडौं । काठमाडौं उपत्यकामा बिहीबार थप ७ सय ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिलो २४ घण्टायता थप ७ सय ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

उपत्यकामा थपिएका नयाँ संक्रमितमा काठमाडौंका मात्र ६०९ जना रहेका छन् । मन्त्रालयका अनुसार काठमाडौंमा २२९ महिला र ३८० पुरुष, भक्तपुरमा १२ महिला र ३९ पुरुष तथा ललितपुरमा ३८ महिला र ५७ पुरुषमा संक्रमण पुष्टि भएको छ।
यसअघि बुधबार काठमाडौं उपत्यकामा थप ६ सय ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।


  •  
  •  
  •