कोरोना संक्रमणबाट थप १० जनाकाे मृत्यु

37
  •  
  •  
  •  

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट थप १० जनाको मृत्यु भएको छ। यससँगै मुलुकमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४११ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मृत्यु हुनेमा काठमाडौं उपत्यकाका मात्रै ६ जना रहेका छन्। मृत्यु हुनेमा काठमाडौंका ४०, ६०, र ६३ वर्षीया महिला तथा ८२ वर्षीय पुरुष छन्। साथै ललितपुरमा ७५ वर्षीया र भक्तपुरमा ७२ वर्षीया महिलाको पनि कोरोनाबाट मृत्यु भएको छ।
पाल्पामा ४० वर्षीया महिला, चितवनमा ८० वर्षीय पुरुष र रुपन्देहीमा ६७ वर्षीय पुरुषको कोरोनाबाट मृत्यु भएको छ।
यसअघि शनिबार थप ११ जनाको मृत्यु भएको थियो ।


  •  
  •  
  •