कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु

78
  •  
  •  
  •  

काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु भएको छ। यससँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ४०१ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार मृत्यु हुनेमा मोरङमा ६५ वर्षीया, रौतहटमा ५१ वर्षीया, सर्लाहीमा ५६ वर्षीया, ललितपुरमा ७६ र ६८ वर्षीया, काठमाडौंमा ७७ वर्षीया तथा मकवानपुरमा ३६ वर्षीया महिला रहेका छन् ।

साथै ललितपुरमा ६० वर्षीय, काठमाडौंमा ७५ वर्षीय, रुपन्देहीमा ६९ वर्षीय र बाँकेमा ४५ वर्षीय पुरुषको पनि कोरोनाबाट मृत्यु भएको छ।
यसअघि शुक्रबार थप ७ जनाको मृत्यु भएको थियो ।


  •  
  •  
  •