नेपालमा थप १ हजार २ सय ४ जनामा कोरोना संक्रमण, १४ सय ४७ जना डिस्चार्ज

89
  •  
  •  
  •  

काठमाडौं । शनिबार नेपालमा थप एक हजार २ सय ४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टायता थप १ एक २ सय ४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या संख्या ६२७९७ पुगेको छ।

शनिबार कोरोना संक्रमणबाट थप १४ सय ४७ जना विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन्। यससँगै मुलुकमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ४५२६७ पुगेको छ।

हाल मुलुकमा सक्रिय संक्रमितको संख्या १७१२९ छ। त्यसमध्ये ९१५३ जना संस्थागत आइसोलेसनमा र ७९७६ होम आइसोलेसनमा रहेका छन्। क्वारेन्टिनमा हाल ७७३५ जना रहेका छन्। १७९ जनाको आईसीयू र ३५ जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ।

पछिल्लो २४ घण्टायता मुलुकमा १०३३३ वटा नमूना पीसीआर परीक्षण भएको मन्त्रालयले जनाएको छ।

यसअघि शुक्रबार नेपालमा थप २ हजार २० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । ८ सय ७१ जना डिस्चार्ज भएका छन् ।


  •  
  •  
  •