नेपालमा थप दुई हजार २० जनामा कोरोना संक्रमण, ८ सय ७१ जना डिस्चार्ज

96
  •  
  •  
  •  

काठमाडौं । नेपालमा शुक्रबार थप दुई हजार २० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा.जागेश्‍वर गौतमले पछिल्लो २४ घण्टामा थप दुई हजार २० जनामा कोरोना संक्रमण पुष्टि भएको बताए । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ५९ हजार पुगेको छ ।

हाल देशभर सक्रिय संक्रमितको संख्या १७ हजार ३८३ रहेको छ । शुक्रबार थप ८७१ जना देशभरका विभिन्‍न अस्पतालबाट डिस्चार्ज भएका छन् ।

योसँगै डिस्चार्ज हुनेको संख्या ४३ हजार ८२० पुगेको छ । हालसम्म डिस्चार्ज हुने दर ७१ दशमलव १ प्रतिशत रहेको छ ।

पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालाहरुमा ११ हजार ४५८ जनाको पीसीआर परीक्षण गरिएको छ । आजसम्म ८ लाख ९४ हजार ३७३ जनाको पीसीआर परीक्षण गरिएको छ ।

देशभरका संस्थागत आइसोलेसन ९ हजार ३९५ जना र होम आइसोलेसनमा ८ हजार ८८ जना रहेका छन् । आजसम्म देशभर ७ हजार ७३६ जना क्‍वारेन्टिनमा रहेका छन् ।

देशभर ३६ जनाको भेन्टिलेटरमा उपचार भइरहको छ । देशभर १७३ जना आईसीयूमा राखेर उपचार भइरहेको छ ।

यसअघि बिहीबार देशभर एक हजार २४६ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो भने एक हजार २४३ जना डिस्चार्ज भएका थिए । त्यसैगरी सोही अवधिमार चार जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको थियो ।


  •  
  •  
  •