आन्तरिकतर्फको नियमित व्यावसायिक उडान असोज ५ गतेबाट

301
  •  
  •  
  •  

काठमाडौं । आन्तरिकतर्फको नियमित व्यावसायिक उडान असोज ५ गतेबाट नै शुरु हुने भएको छ । अहिले चार्टड उडानमात्र भइरहेको बिमानस्थलले जनाएको छ ।

नेपाल सरकार मन्त्रिपरिषद्को सोमबारको बैठकले असोज १ गतेबाट नै आन्तरिक उडान खोल्ने निर्णय गरेको भए पनि आवश्यक तयारी नपुग्ने भन्दै असोज ५ बाट मात्रै उडान अनुमति दिइने नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

एयरलाइन्स कम्पनीले पनि ५ गतेबाट उडान गर्नेगरि बुकिङ खुलाएको जनाएका छन् । कोरोनाका कारण बन्द भएको करिब ६ महिना पछि सुरु हुन लागेको नियमित उडानमा विमानहरूले क्षमताको आधा मात्र यात्रु उडान पाउने भएका छन् ।

कोरोना संक्रमण बढ्ने जोखिमलाई ध्यानमा राख्दै क्षमताको आधा मात्र यात्रु उडान पाउने गरी विमानहरूले सेवा दिने बताइएको छ । कोरोनाका कारण बन्द भएको करिब ६ महिनापछि शुरु हुन लागेको नियमित उडानमा विमानले क्षमताको आधा मात्र यात्रु राख्न पाउने सरकारले निर्देशन दिएको छ । अन्तराष्ट्रिय उडान भने नियमित सञ्चालन भइरहेको छ ।

 


  •  
  •  
  •