शनिबार थप तीन सय ७८ जनामा कोरोना संक्रमण, चार सय ९९ जना संक्रमणमुक्त

79
  •  
  •  
  •  

काठमाडौं । नेपालमा शनिबार थप तीन सय ७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा सात हजार सात सय ८८ जनामा गरिएको पिसीआर परीक्षणमा ३ सय ७८ जनामा कोरोना संक्रमण पुष्टि भएको बताए ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २२ हजार पाँच सय ९२ पुगेको छ। हाल क्वारेन्टिनमा दश हजार सात सय ९२ जना छन्। विगत २४ घण्टामा चार सय ९९ जना कोरोना निको भएर घर फर्किएका छन् ।

योसँगै निको भएर घर फर्कनेको संख्या १६ हजार तीन सय १३ पुगेको छ । कोरोनाबाट नेपालमा अहिलेसम्म ७३ जनाको मृत्यु भइसकेको छ। यसअघि शुक्रबार ४ सय ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।


  •  
  •  
  •