गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १५ सय २९ पुग्यो

96
  •  
  •  
  •  

काठमाडौं । गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १५ सय २९ पुगेको छ ।

पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखरा र क्षयरोग उपचार केन्द्र, पोखरा गरिएको परीक्षणमा गण्डकी प्रदेशमा थप नयाँ ५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । नयाँ संक्रमितमा कास्कीका ४ र स्याङ्जाका १ जना रहेका छन् ।

यसैगरी गण्डकी प्रदेशमा कोरोनको संक्रमणबाट निको हुनेको संख्या १३३० पुगेको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ ।


  •  
  •  
  •