काठमाडौं उपत्यकामा थप ६ जनामा कोरोना संक्रमण

226
  •  
  •  
  •  

काठमाडौं । काठमाडौं उपत्यकामा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी गराए ।

नयाँ संक्रमित हुनेमा काठमाडौंका ३ जना र ललितपुरका ३ जना रहेका छन् । मन्त्रालयका अनुसार पाटन अस्पताल ललितपुरमा गरिएको परीक्षणमा ललितपुरका तीनजनामा कोरोना पुष्टि भएको हो ।

त्यसैगरी त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा गरिएको परीक्षणमा काठमाडौंका एकजना, स्टार अस्पताल ललितपुरमा गरेको परीक्षणमा काठमाडौंका दुईजनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यसअघि आइतबार काठमाडौंका ८ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो।


  •  
  •  
  •