नेपालमा थप १ सय ३९ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १८ हजार ७५२ पुग्यो

167
  •  
  •  
  •  

काठमाडौं । नेपालमा थप १ सय ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित  मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा थप १ सय ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको बताए । यो सँगै कोरोना संक्रमितको संख्या १८ हजार ७५२ पुगेको छ ।

यस्तै नेपालमा हाल ४ हजार ९ सय ५० जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा ६२६ जना कोरोना संक्रमितको उपचारपछि अस्पतालबाट डिस्चार्ज भएका छन् । हालसम्म देशभरबाट १३ हजार ४ सय ५४ जना उपचारपछि डिस्चार्ज भएका छन् ।

यसअघि आइतबार देशभर १ सय ३० कोरोना भाइरस संक्रमित फेला परेका थिए भने ७५ जना डिस्चार्ज भएका थिए ।

प्रदेश १ मा १९५, प्रदेश २ मा एक हजार ९११, वागमती प्रदेशमा ४०२, गण्डकी प्रदेशमा २४४, प्रदेश ५ मा ३५३, कर्णाली प्रदेशमा ३७५ र सुदूरपश्‍चिम प्रदेशमा एक हजार ७४० सक्रिय संक्रमितहरु रहेका छन् ।

रौतहट र कैलालीमा पाँच सयभन्दा बढी सक्रिय संक्रमित रहेका छन् ।
मन्त्रालयका अनुसार हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ४८ पुगेको छ ।

लकडाउन हुनुअगाडिको ६ दिनको कोरोना पोजेटिभ प्रतिशत ३.२ थियो भने त्यसपछि ३.३ प्रतिशत रहेको जनाएको छ ।


  •  
  •  
  •