भारतमा कोरोना संक्रमणको दर उच्च, संक्रमितको संख्या १४ लाख नाघ्यो

295
  •  
  •  
  •  

काठमाडौं । भारतमा कोरोना संक्रमणमको दर उच्च रहेको छ । अमेरिकाको जोन्स हप्किन्स  विश्वविद्यालयका अनुसार भारतमा कोरोना संक्रमितको संख्या १४ लाख ३५ हजार ६ सय १६ पुगेको छ ।

भारतमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३२ हजार ७ सय ७१ पुगेको छ । ९ लाख १७ हजार ५ सय ६८ जना उपचारपछि निको भएका छन् ।

पछिल्लो २४ घण्टामा भारतमा ४९ हजार ९ सय ३१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । यस्तै भारतमा कोरोनाका कारण एकैदिन ७ सय ८ जनाको ज्यान गएको छ ।
विश्वका कोरोना संक्रमितको संख्या धेरै हुने देशहरुमध्ये भारत तेस्रो स्थानमा रहेको छ ।


  •  
  •  
  •