कोभिड-१९(अपडेट): संक्रमितको संख्या १ करोड ६० लाख नाघ्यो, ६ लाख ४४ हजार बढीको मृत्यु

९२ लाख ६२ हजार बढी उपचारपछि निको
164
  •  
  •  
  •  

काठमाडौं । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमितको संख्या १ करोड ६० लाख ४८ हजार १०० पुगेकाे छ ।

अमेरिकास्थित जोन्स हप्किन्स  विश्वविद्यालयका अनुसार कोभिड–१९ बाट ज्यान गुमाउने संख्या ६ लाख ४४ हजार ५ सय ३७ पुगेको छ । विश्वभर ९२ लाख ६२ हजार ८ सय ८७ जना उपचारपछि निको भएका छन् ।

सबैभन्दा बढी प्रभावित भएको अमेरिकामा कुल संक्रमितको ४१ लाख ७८ हजार २७ जना पुगेको छ । १ लाख ४६ हजार ४ सय ६० जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ । संक्रमितमध्ये १२ लाख ७९ हजार ४१४ जना उपचारपछि निको भएका छन् ।

संक्रमितको संख्यामा ब्राजिल दोस्रो स्थानमा छ । त्यहाँ २३ लाख, ९४ हजार ५ सय १३ जना संक्रमित भएका छन् । त्यसमध्ये ८६ हजार ४४९ को मृत्यु भएको छ । १७ लाख ८५ हजार ३ सय ५९ जना उपचारपछि निको भएका छन् ।

कोरोना भाइरस संक्रमित देशहरुमध्ये भारत तेस्रो स्थानमा रहेको छ । भारतमा कोरोना संक्रमितको संख्या १३ लाख ८५ हजार ६ सय ३५ पुगेको छ ।

भारतमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३२ हजार ६० पुगेको छ । ८ लाख ८५ हजार ५ सय ७३ जना उपचारपछि निको भएका छन् ।

रुसमा ८ लाख ५ हजार ३ सय ३२ जनामा संक्रमण देखिएको छ । त्यसमध्ये १३ हजार १ सय ७२ जनाको मृत्यु भएको छ । ५ लाख ९६ हजार ६४ जना उपचारपछि निको भएका छन् ।

साउथ अफ्रिकामा कोरोना संक्रमितको संख्या बढी हुने देशमा पाँचौ स्थानमा आएको छ । साउथ अफ्रिकामा ४ लाख ३४ हजार २०० जनामा संक्रमण देखिएको छ । त्यसमध्ये ६ हजार ६ सय ५५ जनाको मृत्यु भएको छ । २ लाख ६३ हजार ५४ जना उपचारपछि निको भएका छन् ।

 


  •  
  •  
  •