उपचारको क्रममा मृत्यु भएकी युवतीमा कोरोना संक्रमण पुष्टि

304
  •  
  •  
  •  

काठमाडौं । वीरगञ्जमा उपचारको क्रममा मृत्यु भएकी युवतीमा कोरोना संक्रमण पुष्टि भएको छ । बारा परवानीपुरकी १७ वर्षीया युवतीको नारायणी अस्पतालमा गरिएको पीसीआर परीक्षणमा पोजेटिभ रिपोर्ट आएको अस्पतालले जनाएको छ ।

ती युवतीको उपचारको क्रममा शुक्रबार गण्डक अस्पतालमा मृत्यु भएको थियो। वीरगञ्जको हेल्थ केयर अस्पतालबाट रेफर भएर आएकी ती युवतीको उपचारको क्रममा शुक्रबार अस्थायी कोरोना विशेष अस्पताल गण्डकमा मृत्यु भएको थियो।

शुक्रबार नै वीरगञ्जमा उपचाररत ८५ वर्षका एक वृद्धको समेत मृत्यु भएको थियो ।


  •  
  •  
  •