कोरोना भाइरसबाट थप एक जनाको मृत्यु, मृत्यु हुनेको संख्या ४४ पुग्यो

245
  •  
  •  
  •  

काठमाडौं । नेपालमा शुक्रबार थप एक जनाको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले एक जनाको कोरोनाका कारण मृत्यु भएको पुष्टि गरे ।

योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ४४ पुगेको छ । पर्साको वीरगञ्ज महानगरपालिका–११ की ८५ वर्षीय महिलाको मृत्यु भएको हो ।

निमोनियाबाट ग्रसित ती महिलाको ९ साउनमा मृत्यु भएको मन्त्रालयले जनाएको छ। उनको नारायणी अस्पताल बीरगञ्जमा उपचारका क्रममा मृत्यु भएको हो।


  •  
  •  
  •