नेपालमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु, मृत्यु हुनेको संख्या ४३ पुग्यो

168
  •  
  •  
  •  

काठमाडौं । नेपालमा थप एक जनाको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले वीरगन्जका ७० वर्षीय वृद्धको कोरोना संक्रमणबाट मृत्यु भएको पुष्टि गरे ।

योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ४३ पुगेको छ । उनको साउन ७ गते मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ ।


  •  
  •  
  •