नेपालमा थप एक जनाको कोरोना संक्रमणबाट मृत्यु

429
  •  
  •  
  •  

काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । पर्सास्थित वीरगञ्ज महानगरपालिका–६ का ७० वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको हो।

उनी ६ साउनमा अस्पताल भर्ना भएका थिए । उनको बुधबार मृत्यु भएको थियो । उनको स्वाव परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु भए सँगै नेपालमा संक्रमित संख्या ४३ पुगेको छ। तर, यसबारे औपचारिक जानकारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिउँसो पत्रकार सम्मेलन मार्फत् दिनेछ । यसअघि बुधबार नेपालमा दुई जना कोरोना संक्रमितको मृत्यु भएको थियो ।


  •  
  •  
  •