कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु, मृत्यु हुनेको संख्या ४२ पुग्‍यो

191
  •  
  •  
  •  

काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले थप दुई जनाको कोरोना संक्रमणबाट मृत्यु भएको पुष्टि गरे ।

स्वास्थ्य मन्त्रालयका अनुसार सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक कोरोना संक्रमित वृद्धको मृत्यु भएको छ ।

खोकी, ज्वरो र श्वासप्रश्वासमा समस्या भएपछि ६० वर्षीय पुरुषलाई बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा साउन २ गते भर्ना गरिएको थियो । उनको साउन ६ गते मृत्यु भएको हो । नमुना परीक्षण गर्दा उनको कोरोना पुष्टि भएको छ ।

यसैगरी ५९ वर्षीय चिनियाँ महिलाको साउन २ गते काठमाडौं ग्रान्डी अस्पतालमा ल्याइएको र थप उपचारका लागि त्रिवि अस्पतालमा ल्याइएकोमा उपचारका क्रमममा उनको निधन भएको छ । योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ४२ पुगेको छ ।


  •  
  •  
  •