काठमाडौं उपत्यकामा थप तीन जनामा कोरोना संक्रमण

238
  •  
  •  
  •  

काठमाडौं । काठमाडौं उपत्यकामा थप तीन जनामा कोरोना संक्रमित थपिएका छन् ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौंका दुई, पाटन अस्पतालमा गरिएको परीक्षणमा ललितपुरका एक जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा नेपालमा थप १८६ जनामध्ये तीन जना काठमाडौं उपत्यकाका रहेको बताए ।

यसअघि आइतबार पनि काठमाडौं उपत्यकामा थप तीन जना कोरोना संक्रमित थपिएका थिए ।


  •  
  •  
  •