कर्णाली प्रदेशमा थप ७ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १७ सय ३३ पुग्यो

195
  •  
  •  
  •  

काठमाडौं । कर्णाली प्रदेशमा थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सामाजिक विकास मन्त्रालय सुर्खेतका अनुसार प्रदेश अस्पताल सुर्खेत/पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा दैलेखका १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

दैलेख अस्पताल दैलेखमा गरिएको परीक्षणमा दैलेखका ४ जना, चौरजहारी नगरपालिका पीसीआर प्रयोगशाला रुकुम पश्चिममा गरिएको परीक्षणमा सल्यानका १ र रुकुम पश्चिमका १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

योसँगै कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या १७ सय ३३ पुगेको छ । यस्तै कर्णाली प्रदेशमा थप ५ जना उपचारपछि निको भएका छन् । योसँगै निको भएर डिस्चार्ज हुनेको संख्इा १४ सय ९३ पुगेको छ ।

 


  •  
  •  
  •