कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु, मृतकको संख्या ३९ पुग्यो

238
  •  
  •  
  •  

काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा रौतहटका ३६ वर्षका पुरुष रहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा.जागेश्व गौतमले कोरोनाका कारण उनको बुधबार दिउँसो २:३० बजे निधन भएको पुष्टि गरे ।

असार २४ गते भारतबाट फर्किएर क्वारेन्टाइनमा बसेका उनलाई ज्वरो, रुघाखोकी लागेपछि असार २९ गते अस्पताल भर्ना भएका थिए ।

असार ३० गते उनमा कोरोना भएको पुष्टि भएको थियो। नारायणी अस्पतालको भेन्टिलेटरमा उनको बुधबार निधन भएको हो। योसँगै नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ३९ पुगेको छ ।


  •  
  •  
  •