नेपालमा हालसम्म १० हजार ३२८ जनाले जिते कोरोना

39
  •  
  •  
  •  

काठमाडौं । नेपालमा हालसम्म १० हजार ३ सय २८ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । २४ घण्टामा थप ३४ जनाले कोरोना जितेका छन् ।

उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।

पछिल्लो २४ घण्टामा ४ हजार ३६१ जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ३८ पुगेको छ ।


  •  
  •  
  •