नेपालमा पछिल्लो २४ घण्टामा थप ८२ जनामा कोरोना संक्रमण, १ सय ४७ जना डिस्चार्ज

433
  •  
  •  
  •  

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ८२ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले योसँगै संक्रमितको संख्या १६ हजार ८ सय एक पुगेको बताए ।

पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट तीन हजार ९ सय १६ जनाको नमुना परीक्षण गरिएको उनको भनाइ छ। अहिले क्वारेन्टाइनमा २३ हजार सात सय ८४ जना छन्।

आइसोलेसन आठ हजार एक सय ७४ संक्रमित र सम्भावित संक्रमितको उपचार भइराखेको छ। पछिल्लो २४ घण्टामा १ सय ४७ जना कोरोना संक्रमित उपचारपछि निको भएर डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको कुल संख्या आठ हजार पाँच सय ८९ पुगेको छ।

यसअघि शनिबार ७० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो भने ४ सय ३१ जना डिस्चार्ज भएका थिए ।


  •  
  •  
  •