काठमाडौंका दुईसहित थप तीनजनाको कोरोना संक्रमणबाट मृत्यु

502
  •  
  •  
  •  

काठमाडौं । नेपालमा थप तीन जनाको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको पुष्टि भएको छ । काठमाडौं महानरपालिका–१० शंमखुलका ६० वर्षीय पुरुष, गोकर्णेश्वर–४ का ४५ वर्षीय पुरुष र सिन्धुपाल्चोक पाँचपोखरीका ४५ वर्षीय पुरुषको मृत्यु भएको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ३८ पुगेको छ ।

शंखमुलका पुरुषको असार २६ गते निधन भएको थियो । फाेक्सो र मृगौलाको समस्या देखिएपछि उनी असार १६ गते पाटन अस्पतालमा भर्ना भएका थिए । उनको असार १७ गते कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।

सिन्धुपाल्चोकका पुरुष क्षयरोगको उपचारका लागि पाटन अस्पताल भर्ना भएका थिए । उनको असार २२ गते कोरोना संक्रमण पुष्टि भएको थियो भने असार २५ गते निधन भएको थियो ।

काठमाडौं गोकर्णेश्वरका पुरुषको असार २५ गते उपचारका क्रममा निधन भएको थियो । उनी मिर्गौला रोगका बिरामी समेत रहेको मन्त्रालयले जनाएको छ ।


  •  
  •  
  •