हेर्नुहोस् शुक्रबार कहाँ, कहाँ थपिएका कोरोना संक्रमित ?

54
  •  
  •  
  •  

काठमाडौं । नेपालमा शुक्रबार थप १ सय १८ जनामा कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार नेपालमा थप ११८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा हालसम्म १६ हजार ६४९ जना संक्रमित भएका छन् ।

नेपालमा हालसम्म ८ हजार ११ जना डिस्चार्ज भइसकेका छन् । शुक्रबार मात्रौ १ सय २० जना डिस्चार्ज भएका छन् ।

मन्त्रालयका अनुसार कोशी अस्पताल विराटनगरमा गरिएको परीक्षणमा इलामका एकजना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा पाँचथरका २ जना, गजेन्द्र नारायणसिहं अस्पताल राजविराजमा गरिएको परीक्षणमा सिराहाका एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ।

यस्तै प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा गरिएको परीक्षणमा धनुषाका ४ जना महोत्तरीका ३ जना, सर्लाहीका ६ जना र सिराहाका एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा रसुवाका एकजना, डोटीका एकजना र सर्लाहीका एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा गरिएको परीक्षणमा काठमाडौंका एकजना, भरतपुर अस्पताल चितवनमा गरिएको परीक्षणमा चितवनका एकजना, पाटन अस्पताल ललितपुरमा गरिएको परीक्षणमा बाँकेका एकजना, भक्तपुरका एकजना, काठमाडौंका १५ जना, काभ्रेका २ जना, ललितपुरका १३ जनामा, महोत्तरीका एकजना, रामेछापका एकजन, रौतहटका २ जना सिन्धुलीका एकजना, सिन्धुपाल्चोकका एकजना संक्रमित भएका छन् ।

यस्तै त्रिवि शिक्षण अस्पताल महाराजगंज काठमाडौंमा गरिएको परीक्षणमा काठमाडौंका १२ जना, सर्लाहीका एकजना, इलामका एकजना, पाल्पाका २ जना रुपन्देहीका एकजना, मकवानपुरका एकजना,धादिङका एकजना र कैलालीका एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखरामा गरिएको परीक्षणमा बाग्लुङका २जना रु तनहुका ८ जना, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा गोरखाका एकजना,नवलपरासीका २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा गुल्मीका ६ जना र पाल्पाका २ जना, दैलेख प्रयोगशालामा सुर्खेतका ७ जना, बाजुराका एकजना र दैलेखका २ जना, सुर्खेत प्रोदशिक अस्पताल प्रयोगशालामा गरिएको परीक्षणमा डोल्पाका एकजना, सल्यानका एकजना रसुर्खेतका ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।


  •  
  •  
  •