पछिल्लो २४ घण्टामा थप १ सय १८ जनामा कोरोना संक्रमण, १ सय २० जना डिस्चार्ज

379
  •  
  •  
  •  

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा १ सय १८ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा.जागेश्‍वर गौतमले संक्रमित थपिएसँगं १६ हजार ६४९ पुगेको बताए । देशभर सक्रिय संक्रमितको संख्या ८ हजार ६०३ रहेको उनको भनाइ छ ।


७७ जिल्लामै फैलिएको कोरोना संक्रमणबाट देशभरका ६ जिल्ला संक्रमण मुक्त भएका छन् । मन्त्रालयका प्रवक्ता गौतमका अनुसार धनकुटा, भोजपुर, सोलुखुम्बु, मनाङ, मुस्ताङ र हुम्ला गरी ६ जिल्ला कोरोना भाइरस संक्रमण मुक्त भएका छन् ।

हालसम्म देशभरबाट ८ हजार ११ जनाको उपचारपछि डिस्चार्ज भएका छन् । पछिल्लो २४ घण्टामा १२० कोरोना संक्रमितको उपचारपछि अस्पतालबाट डिस्चार्ज भएका छन् ।

पछिल्लो २४ घण्टामा देशभरका २५ प्रयोगशालामार्फत ४ हजार ८०५ जनाको पीसीआर परीक्षण गरिएको छ । हालसम्म देशभरबाट ४८ दशमलव १ प्रतिशत मानिसहरु अस्पतालबाट डिस्चार्ज भएका छन् । नेपालमा दुई लाख ७५ हजार ९५१ जनाको पीसीआर विधिबाट कोरोना परीक्षण गरिएको छ।

हालसम्म देशभरका क्वरेन्टिनमा २३ हजार ९१० जना रहेका छन् भने हजार ८ हजार ६०३ जना कोरोना संक्रमित आइसोलेसनमा छन् ।

दुई लाख ६१ हजार ८६१ जनाको पीसीआर परीक्षण गरिएको छ । त्यसैगरी तीन लाख १२ हजार ४०२ जनाको आरडीटी परीक्षण गरिएको छ । यसअघि बिहीबार नेपालमा थप एक सय ८ जना कोरोना भाइरस संक्रमित थपिएका थिए ।


  •  
  •  
  •