कर्णाली प्रदेशमा थप २७ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १५ सय ८८ पुग्यो

192
  •  
  •  
  •  

काठमाडौं । कर्णाली प्रदेशमा थप २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

सामाजिक विकास मन्त्रालय सुर्खेतका अनुसार प्रदेश अस्पताल सुर्खेत, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा सुर्खेतमा ४ जना, डोल्पामा १, सल्यानमा १ जनामा कोरोना संक्रमण देखिएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा सल्यानका ९, जाजरकोटका २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

दैलेख अस्पताल दैलेखमा गरिएको परीक्षणमा सुर्खेतका ७ जना, बाजुराका १ र दैलेखका २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै कर्णालीमा कोरोना संक्रमितको संख्या १५ सय ८८ पुगेको छ ।

यस्तै कर्णाली प्रदेशमा थप २६ जना कोरोना संक्रमित उपचारपछि निको भएका छन् । कर्णालीमा हालसम्म १३ सय ४७ जना उपचारपछि निको भएका छन् ।


  •  
  •  
  •