काठमाडौंमा थप पाँच जनामा कोरोना संक्रमण पुष्टि

235
  •  
  •  
  •  

काठमाडौं । काठमाडौंमा थप पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रायलको नियमित प्रेस विफ्रिङमा मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा काठमाडौंमा पाँच जना कोरोना संक्रमित थपिएको पुष्टि गरे।

प्रवक्ता गौतमका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल र वीर अस्पतालमा गरिएको परीक्षणमा काठमाडौंका १–१ जनामा संक्रमण पुष्टि भएको हो।

यसैगरी त्रिवि शिक्षण अस्पतालमा गरिएको परीक्षणमा काठमाडौंका २ जनामा संक्रमण भएको पुष्टि भएको छ । यसअघि बुधबार काठमाडौं उपत्यकामा २३ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

नेपालमा पछिल्लो २४ घण्टामा थप १ सय ८ जना कोरोना संक्रमण पुष्टि भएको छ । योसँगैं संक्रमितको संख्या १६ हजार ५ सय ३१ पुगेको छ । थप १ सय ३९ जना कोरोना मुक्त भएका छन् । योसँगै कोरोना निको हुनेको संख्या सात हजार ८९१ पुगेको छ ।


  •  
  •  
  •