काठमाडौं उपत्यकामा थप २३ जनामा कोरोना संक्रमण

115
  •  
  •  
  •  

काठमाडौं । काठमाडौं उपत्यकामा बुधबार थप २३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा बुधबार नेपालमा २३ जना कोरोना भाइरसका संक्रमित थपिएका हुन् ।

पाटन अस्पतालमा गरिएको परीक्षणमा काठमाडौंका १० जना, ललितपुरका ७ जनामा कोरोना संक्रमण भेटिएको हो। यस्तै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा काठमाडौंका ६ जनामा संक्रमण देखिएको छ।

यसअघि उपत्यकामा असार २० गतेसम्म जम्मा १ सय ५४ जना संक्रमित थिए। त्यो संख्या २३ गतेसम्ममा बढेर २ सय ६६ पुगेको छ। २१ गते ३० जना, २२ गते ५४ जना र २३ गते २८ जना नयाँ संक्रमित फेला परेका थिए।

नेपालमा पछिल्लो २४ घण्टामा थप २५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १६ हजार ४२३ पुगेको छ।


  •  
  •  
  •