गण्डकी प्रदेशमा थप १३ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ११ सय २९ पुग्यो

182
  •  
  •  
  •  

काठमाडौं । गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार १ सय २९ पुगेको छ ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा गण्डकी प्रदेशमा थप नयाँ १३ जनामा कोरोना संक्रमण देखिएको छ । नयाँ संक्रमितमा सबै कास्कीका रहेका छन् ।

सबै व्यक्तिहरुलाई सम्बन्धित जिल्लाहरुमा रहेका आईसोलेसन कक्षमा लैजाने तयारी भैरहेको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ ।

गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट निको हुनेको संख्या हालसम्म ३ सय ५३ पुगेको छ । यसअघि बुधबार नै बागलुङ, तनहुँ र म्याग्दीका १/१ जना गरी ३ जना कोरोना संक्रमित थपिएका थिए ।


  •  
  •  
  •