नेपालमा कोरोना भाइरसबाट थप एक जनाको मृत्यु, मृत्यु हुनेको संख्या ३५ पुग्यो

336
  •  
  •  
  •  

काठमाडौं । नेपालमा कोरोना भाइरसबाट थप एक जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार मृत्यु हुनेमा बागलुङको निसिखोला गाउँपालिकाका २९ वर्षीय पुरुष रहेका छन् ।

गत शनिबार राति निसीखोला गाउँपालिका–३ का २९ वर्षीय उनको क्वारेन्टिनमै मृत्यु भएको थियो । उनी केही समय अघि भारतबाट आएर ढोरपाटन नगरपालिका–४ खुङ्गास्थित छोरेगाउँ माध्यमिक विद्यालयको क्वारेन्टिनमा बसेका थिए । योसँगै कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ३५ पुगेको छ ।


  •  
  •  
  •