कोरोना संक्रमणबाट निको हुनेको संख्या ६ हजार ५ सय ४७ पुग्यो

67
  •  
  •  
  •  

काठमाडौं । नेपालमा थप १ सय ३२ जना कोरोना संक्रमित उपचारपछि निको भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ६ हजार ५४७ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले उनीहरु देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको जानकारी गराए ।

मन्त्रालयका अनुसार नेपालका ७७ वटै जिल्लामा कोरोना भाइरसको संक्रमण फैलिएको छ भने कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ३४ पुगेको छ ।

 


  •  
  •  
  •