काठमाडौं उपत्यकामा थप ३० जनामा कोरोना संक्रमण

61
  •  
  •  
  •  

काठमाडौं । काठमाडौं उपत्यकामा थप ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको कोरोना परीक्षणमा ५ जनामा काेराेना संक्रमण पुष्टि भएको छ ।

यस्तै त्रिवि शिक्षण अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौंमा २१ जना, ललितपुर दुई जना र भक्तपुरका १ जना र वीर अस्पतालमा गरिएको कोरोना परीक्षणमा काठमाडौंका एक जना कोरोना संक्रमित थपिएका हुन् ।

काठमाडौं उपत्यकामा यतिधेरै पहिलो पटक कारोना संक्रमित पुष्टि भएको हो । हालसम्म उपत्यकाका काठमाडौंमा १३० जना, ललितपुरमा १९ र भक्तपुरमा २९ जना संक्रमित देखिएका छन्।


  •  
  •  
  •