हेर्नुहोस् पछिल्लो २४ घण्टामा कहाँ, कहाँ थपिए कोरोना संक्रमित ?

177
  •  
  •  
  •  

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा नेपालका २५ जिल्लामा २ सय ३२ जना कोरोना संक्रमित थपिएका छन् । त्यस्तै, थप २ जना कोरोना भाइरसबाट संक्रमितको मृत्यु भएको छ। यससँगै संक्रमितहरुको संख्या १५ हजार ४ सय ९१ पुगेको छ। ३४ जना संक्रमितको मृत्यु भएको छ।

पछिल्लो २४ घण्टामा देशभरका २३ प्रयोगशालाबाट भएको ४ हजार ५० जनाको नमुना परीक्षणमा २ सय ३२ जनामा संक्रमण पुष्टि भएको हो। संक्रमण पुष्टि भएका मध्ये राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा १ सय १४ जनामा पोजेटिभ देखिएको छ।

जसमध्ये अछामका ३७, डडेलधुराका ३, डोटीका ३, गुल्मीका ९ र कञ्चनपुरका ६ जनामा संक्रमण पुष्टि भएको छ। त्यस्तै, नवलपरासी पश्चिमका ४, पाल्पाका १६, प्युठानका ६, रुपन्देहीका ४, सर्लाहीका १६ र सिन्धुपाल्चोकका १२ जनामा संक्रमण पुष्टि भएको छ।

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मोरङका १ र सिराहाका ६ जनामा संक्रमण पुष्टि भएको छ। कोशी अस्पताल विराटनगरमा इलाम र झापाका १र१ तथा मोरङका ५ जनामा संक्रमण पुष्टि भएको छ।

प्रादेशिक प्रयोगशाला विराटनगरमा झापाका ४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

गजेन्द्र नारायण सिंह अस्पताल राजविराजमा सप्तरीका ३६ र सिराहाका १५ जनामा संक्रमण पुष्टि भएको छ। प्रादेशिक प्रयोगशाला जनकपुरमा धनुषाका १५, भरतपुर अस्पताल प्रयोगशालामा चितवनका ६ र नवलपरासी पूर्वका ७ जनामा संक्रमण पुष्टि भएको छ।

क्षयरोग प्रयोगशाला पोखरामा बाग्लुङ र म्याग्दीका ३र३ जनामा संक्रमण पुष्टि भएको छ। त्यस्तै प्रादेशिक प्रयोगशाला पोखरामा स्याङ्जा र तनहुँका १र१ जनामा संक्रमण पुष्टि भएको छ।

प्रादेशिक प्रयोगशाला रुपन्देहीमा पाल्पाका ३ र प्युठानका २ जनामा संक्रमण पुष्टि भएको छ।

भेरी अस्पताल प्रयोगशालामा गरिएको परीक्षणमा बाँकेका ५ र रोल्पाका २ जनामा संक्रमण पुष्टि भएको छ। यस्तै दैलेख अस्पताल प्रयोगशालामा दैलेखका १ जनामा संक्रमण पुष्टि भएको छ।

 


  •  
  •  
  •