नेपालमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु, मृत्यु हुनेको संख्या ३२ पुग्यो

420
  •  
  •  
  •  

काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमणबाट थप एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा नयाँ बानेश्वर बस्‍ने ८५ वर्षीय एक वृद्ध भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

शुक्रबार मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा.जागेश्वर गौतमले उक्त वृद्धमा कोरोना संक्रमणबाट मृत्यु भएको पुष्टि गरे ।

उनका अनुसार ती वृद्ध छाती दुखेको र पीसाबमा समस्या भएपछि काठमाडौंको एक निजी अस्पतालमा भर्ना भएका थिए ।अस्पतालको आइसोलेसनमा राखि उपचार गर्दा असार १७ गते राति ११ बजे मृत्यु भएको थियो ।

हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३२ पुगेको छ । यसअघि विहीबार थप १ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु पुष्टि भएको थियो । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचाररत एक कोरोना संक्रमित शिशुको उपचारका क्रममा मृत्यु भएको हो ।

त्यसैगरी कोरोनाका कारण सिन्धुपाल्चोककी २९ वर्षीया महिला, बाँके नरैनापुरका २५ वर्षीय युवक, गुल्मीका ४१ वर्षीय पुरुष, बारा कलैयाका ७० वर्षीय वृद्धको मृत्यु भएको छ ।

ललितपुर महानगरपालिका वडा नं. २२ का एक जना पुरुष, अर्घाखाँची भुमिकास्थान नगरपालिका(९ पुरुष, दैलेखको दुल्लु–११ का ३५ वर्षीय पुरुष, बाजुराकी २ वर्षीया बालिका, दोलखाका दोलखाका ७६ वर्षीय पुरुष, पाल्पाका पुर्वखोला गाउँपालिका सिलुवाका ४५ वर्षका पुरुषको पनि कोरोनाका कारण ज्यान गएको छ ।

यसैगरी डोल्पाको जगदुल्ला गाउँपालिका ३ निवासी ५८ वर्षका पुरुष, सुर्खेतको पञ्चपुरी नगरपालिका(१ हाँसेका २८ वर्षीय पुरुष, कैलाली धनगढी उपमहानगरपालिका वडा नम्बर ४ की ५५ वर्षीया महिला, स्याङ्जाका ५८ वर्षीय पुरुष, भरतपुर नगरपालिका-११ बस्ने ६८ पुरुषको मृत्यु भएको छ ।

त्यस्तै अर्घाखाँचीको मालारानी गाउँपालिका वडा नम्बर–४ का ५७ वर्षका पुरुष, बाराका एक पाँच वर्षे बालक, वीरगंजमा वेवारिसे भेटिएका एक पुरुष, गुल्मी धुर्कोट-४ जैसीथोकका एक २६ वर्षीय पुरुष र बाँकेको बैजनाथ गाउँपालिका ६ की ४६ बर्षीया महिला, कैलालीको गोदावारी नगरपालिका–४ का ४६ वर्षीय पुरुषको मृत्यु भएको छ ।

त्यस्तै कैलालीकै लम्कीचुहाकी ४३ वर्षकी महिला, ६९ वर्षका गुल्मी छत्रकोटका एक जना पुरुष, दैलेख–३ दुल्लुका एक जना ४५ वर्षीय पुरुष, स्याङ्जाका ५५ वर्षीय पुरुष, ललिपुरको पाटन अस्पतालमा उपचारका क्रममा मृत्यु भएक एक पुरुष, दाङमा अचेत अवस्थामा भेटिएर मृत्यु भएकी महिला, चितवन मेडिकल कलेजमा मृत्यु भएका कैलाली गोदावरी-७ का ५० वर्षीय पुरुषकाे मृत्यु भएको छ ।

ललितपुरको स्टार अस्पतालमा रौतहटका ३० वर्षीय पुरुष र अछामको होम क्वारेन्टिमा बसिरहेको रामारोशन गाउँपालिका-५ का ४५ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएकाे छ ।


  •  
  •  
  •