नेपालमा पछिल्लो २४ घण्टामा थप ७ सय ४० जनामा कोरोना संक्रमण पुष्टि

267
  •  
  •  
  •  

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ७ सय ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्‍वर गौतमका अनुसार योसँगै कोरोना संक्रमितको संख्या १५ हजार २५९ पुगेको छ ।

नेपालमा यसअघि असार ४ गते ६ सय ७१ जनामा कोरोना संक्रमित देखिएको थियो । आइतबार देशभर ४६३, सोमबार ४७६, मंगलबार ३१६, बुधबार ४८२ र बिहीबार ४७३ कोरोना संक्रमित फेला परेका थिए ।

नेपालमा देशभरका ७७ वटै जिल्लामा कोरोना भारसको संक्रमण फैलिएको छ । हालसम्म देशभर कोरोना संक्रमणको उपचारपछि ६ हजार १४३ जना डिस्चार्ज भएका छन् । पछिल्लो २४ घण्टामा ८२३ जना डिस्चार्ज भएका छन् ।

हालसम्म देशभरका २३ प्रयोगशालाबाट पीसीआर परीक्षण भइरहेको छ । देशभर हालसम्म दुई लाख ४२ हजार २४७ जनाको पीसीआर परीक्षण गरिएको छ भने तीन लाख ५६ हजार २९ जनाको आरडीटी परीक्षण गरिएको छ । पछिल्लो २४ घण्टामा चार हजार ४८३ जनाको पीसीआर परीक्षण गरिएको छ ।

देशभरका विभिन्‍न क्‍वारेन्टिनमा ३५ हजार ४७२ मानिसहरु रहेका छन् भने आइसोलसनमा ९ हजार ८४ कोरोना संक्रमितहरु रहेको मन्त्रालयले जनाएको छ ।
कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ३२ पुगेको छ ।


  •  
  •  
  •