कोभिड–१९(अपडेट): संक्रमितको संख्या एक करोड आठ लाख नाघ्यो, पाँच लाख बढीको मृत्यु

५७ लाख ५५ हजार ६ सय ८४ जना उपचारपछि निको
72
  •  
  •  
  •  

काठमाडौं । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमितको संख्या एक करोड आठ लाख नाघेको छ ।

अमेरिकास्थित जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार विश्वभर कुल संक्रमितको संख्या एक करोड ८ लाख, एकहत्तर हजार ३ सय ६२ पु्गेको छ ।

यस्तै कोभिड–१९ बाट ज्यान गुमाउने संख्या पाँच लाख २१ हजार ३ सय ३७ पुगेको छ । विश्वभर ५७ लाख ५५ हजार ६ सय ८४ जना उपचारपछि निको भएका छन् ।

सबैभन्दा बढी प्रभावित भएको अमेरिकामा कुल संक्रमितको २७ लाख ३९ हजार ८ सय ७९ जना पुगेको छ । १ लाख २८ हजार ७ सय ४० जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ । संक्रमितमध्ये ७ लाख ८१ हजार ९ सय ७० जना उपचारपछि निको भएका छन् ।

संक्रमितको संख्यामा ब्राजिल दोस्रो स्थानमा छ । त्यहाँ १४ लाख, ९६ हजार ८ ५८ जना संक्रमित भएका छन् । त्यसमध्ये ६१ लाख ८ हजार ८४ जनाको मृत्यु भएको छ । ९ लाख ५७ हजार ६९२ जना उपचारपछि निको भएका छन् ।

रुसमा ६ लाख ६० हजार २ सय ३१ जनामा संक्रमण देखिएको छ । त्यसमध्ये ९ हजार ६ सय ६८ जनाको मृत्यु भएको छ । ४ लाख २८ हजार २ सय ७६ जना उपचारपछि निको भएका छन् ।

संक्रमितको संख्यामा भारत चौथो स्थानमा छ । भारतमा कोरोना भाइरस संक्रमितको संख्या ६ लाख २५ हजार ५ सय ४४ पुगेको छ । भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १८ हजार २ सय १३ पुगेको छ ।

यस्तै भारतमा कोरोना भाइरस संक्रमितमध्ये ३ लाख ७९ हजार ८ सय ९२ जना उपचारपछि निको भएका छन् ।

पेरुमा २ लाख ९२ हजार ४ जनामा संक्रमण देखिएको छ । त्यसमध्ये १० हजार ४५ जनाको मृत्यु भएको छ ।
१ लाख ८२ हजार ९७ जना उपचारपछि निको भएका छन् ।

बेलायतमा कोभिड–१९ का कारण ४४ हजार ८० जनाको ज्यान गएको छ । त्यहाँ कुल संक्रमितको संख्या २ लाख ८५ हजार २ सय ६८ जना रहेको छ । यहाँ संक्रमितमध्ये १३ सय ७३ जना मात्रै उपचारपछि निको भएका छन् ।


  •  
  •  
  •