काठमाडौं उपत्यकामा थप ३२ जनामा कोरोना संक्रमण पुष्टि

288
  •  
  •  
  •  

काठमाडौं । काठमाडौं उपत्यकामा थप ३२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत चौबीस घण्टामा ३२ जना कोरोना संक्रमित थपिएका हुन् ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा गरिएको परीक्षणमा ललितपुरका एक पुरुष, त्रिवि शिक्षण अस्पतालमा गरिएको परीक्षणमा ललितपुरका एक पुरुष, भक्तपुरका दुई पुरुष, काठमाडौंका १७ महिला र ११ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।


  •  
  •  
  •