नेपालमा थप ४ सय ८२ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १४ हजार नाघ्यो

280
  •  
  •  
  •  

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ४ सय ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले नेपालमा कोरोना संक्रमितको संख्या १४ हजार ४६ पुगेको जानकारी गराए ।

थपिएका नयाँ संक्रमितहरूमा १ सय १७ महिला र ३ सय ६५ पुरुष रहेका छ्र । देशभरका ७७ वटै जिल्लामा कोरोना भारसको संक्रमण फैलिएको छ । हालसम्म देशभर कोरोना संक्रमणको उपचारपछि चार हजार ६५६ जना डिस्चार्ज भएका छन् ।

 देशभरका २२ प्रयोगशालाबाट पीसीआर परीक्षण भइरहेको छ । देशभर हालसम्म दुई लाख ३३ हजार २२७ जनाको पीसीआर परीक्षण गरिएको छ भने तीन लाख ६२० जनाको आरडीटी परीक्षण गरिएको छ । पछिल्लो २४ घण्टामा ४ हजार ८८६ जनाको पीसीआर परीक्षण गरिएको छ ।

देशभरका विभिन्‍न क्‍वारेन्टिनमा ४८ हजार ३६२ मानिसहरु रहेका छन् भने आइसोलसनमा ९ हजार ३६० कोरोना संक्रमितहरु रहेका छन् ।

नेपालमा हालसम्म कोरोनाका कारण ३० जनाको मृत्यु भएको छ ।


  •  
  •  
  •