नेपालमा थप ३ सय १६ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १३ हजार ५ सय ६४ पुग्याे

75
  •  
  •  
  •  

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ३ सय १६ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १३ हजार ५ सय ६४ पुगेको छ । देशभरका ७७ वटै जिल्लामा कोरोना भारसको संक्रमण फैलिएको छ ।


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा.जागेश्‍वर गौतमले हालसम्म तीन हजार १९४ जना डिस्चार्ज भएको बताए ।
जसमा २७७ महिला दुई हजार ९१७ पुरुष रहेका छन् ।

पछिल्लो २४ घण्टामा देशभरका विभिन्‍न अस्पतालबाट ६० जना डिस्चार्ज भएका छन् । जसमा ९ महिला र ५१ पुरुष रहेका छन् ।

हालसम्म देशभरका २२ प्रयोगशालाबाट पीसीआर परीक्षण भइरहेको छ । देशभर हालसम्म दुई लाख २३ हजार ३६० जनाको पीसीआर परीक्षण गरिएको छ भने दुई लाख ९७ हजार ८७१ जनाको आरडीटी परीक्षण गरिएको छ । पछिल्लो २४ घण्टामा ४ हजार ७११ जनाको पीसीआर परीक्षण गरिएको छ ।

देशभरका विभिन्‍न क्‍वारेन्टिनमा ५३ हजार ७० जना रहेका छन् भने आइसोलसनमा १० हजार ३४१ कोरोना संक्रमितहरु रहेका छन् । नेपालमा हालसम्म कोरोना संक्रमणबाट २९ जनाको मृत्यु भएको छ ।


  •  
  •  
  •