कर्णाली प्रदेशमा थप १६ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १४ सय ४३ पुग्यो

69
  •  
  •  
  •  

काठमाडौं । कर्णाली प्रदेशमा थप १६ जना कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिस्ठान जुम्ला र भेरी अस्पताल नेपालगञ्जमा भएको परीक्षणबाट पछिल्लो २४ घण्टामा थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका अनुसार रुकुम पश्चिमका ८ जना, दैलेखका ३ जना र बाँकेका एकजनामा जुम्लामा भएको परीक्षणबाट संक्रमण पुष्टि भएको छ ।

यस्तै, डोलप्पा र कालीकोटका दुईरदुईजनामा नेपालगञ्जमा भएको परीक्षणबाट संक्रमण पुष्टि भएको महाशाखाले जनाएको छ । योसँगै कर्णालीमा संक्रमितको संख्या १४ सय ४३ पुगेको छ ।

कर्णाली प्रदेशमा कोरोना संक्रमितमध्ये पछिल्लो २४ घण्टामा ८ जना महिलासहित ७१ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या १०७२ पुगेको छ भने हालसम्म ६ जनाको मृत्यु भइसकेको छ ।


  •  
  •  
  •