गण्डकी प्रदेशमा थप १७ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ९ सय ६६ पुग्यो

108
  •  
  •  
  •  

काठमाडौं । गण्डकी प्रदेशमा मंगलबार बिहान थप १७ जनामा कोरोना भाइरस(कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।

योसँगै गण्डकीमा कोरोना संक्रमितको संख्या ९ सय ६६ पुगेको छ । नयाँ संक्रमितमा कास्कीका ८ जना, तनहुँका ५ जना, लमजुङका ३ जना र स्याङ्जाका १ जना रहेका छन् । थपिनेमा ६ जना महिला छन् ।

कास्कीमा थपिने सबै पोखरा महानगरपालिकाका हुन् । उनीहरुको प्रदेश क्षयरोग केन्द्र पोखरा र पोखरा स्वास्थ्य विज्ञापन प्रतिष्ठानमा कोरोना परीक्षण गरिएको थियो । सङ्क्रमितलाई आईसोलेसनमा लैजाने तयारी भईरहेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

गण्डकी प्रदेशका कोरोना सङक्रमित ९ सय ६६ मध्ये २ सय १४ जना निको भएर घर फर्किएका छन् । गण्डकी प्रदेशमा २ जना सङ्क्रमितको ज्यान गएको छ ।

 


  •  
  •  
  •  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here