कोभिड–१९(अपडेट): संक्रमितको संख्या एक करोड, एक लाख नाघ्यो, पाँच लाख बढीको मृत्यु

५१ लाख ४२ हजार ४ सय २५ जना उपचारपछि निको
239
  •  
  •  
  •  

काठमाडौं । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमितको संख्या एक करोड एक लाख नाघेको छ ।

अमेरिकास्थित जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार विश्वभर कुल संक्रमितको संख्या एक करोड १ लाख, ४६ हजार ९ सय ७१ पुगेको छ । यस्तै कोभिड–१९ बाट ज्यान गुमाउने संख्या पाँच लाख १ हजार ९ सय ४० पुगेको छ ।
विश्वभर ५१ लाख ४२ हजार ४ सय २५ जना उपचारपछि निको भएका छन् ।

सबैभन्दा बढी प्रभावित भएको अमेरिकामा कुल संक्रमितको संख्या २५लाख ४८ हजार ९ सय ९६ पुगेको छ । एक लाख २५ हजार ८ सय ३ जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ । संक्रमितमध्ये ६ लाख ८५ हजार १ सय ६४ जना उपचारपछि निको भएका छन् ।

संक्रमितको संख्यामा ब्राजिल दोस्रो स्थानमा छ । त्यहाँ १३ लाख ४४ हजार १ सय ४३ जना संक्रमित भएका छन् । त्यसमध्ये ५७ हजार ६ सय २२ जनाको मृत्यु भएको छ । ७ लाख ४६ हजार १८ जना उपचारपछि निको भएका छन् ।

रुसमा ६ लाख ३३ हजार ५ सय ६३ जनामा संक्रमण देखिएको छ । त्यसमध्ये ९ हजार ६० जनाको मृत्यु भएको छ ।
३ लाख ९८ हजार ४ सय ३६ जना उपचारपछि निको भएका छन् ।

संक्रमितको संख्यामा भारत चौथो स्थानमा छ । भारतमा कोरोना भाइरस संक्रमितको संख्या ५ लाख ४८ हजार ३ सय १८ पुगेको छ । भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १६ हजार ४ सय ७५ पुगेको छ । यस्तै भारतमा कोरोना भाइरस संक्रमितमध्ये ३ लाख २१ हजार ७ सय २३ जना उपचारपछि निको भएका छन् ।

बेलायतमा कोभिड–१९ का कारण ४३ हजार ६ सय ३४ जनाको ज्यान गएको छ । त्यहाँ कुल संक्रमितको संख्या ३ लाख १२ हजार ६ सय ४० जना रहेको छ । यहाँ संक्रमितमध्ये १३ सय ६४ जना मात्रै उपचारपछि निको भएका छन् ।


  •  
  •  
  •