नेपालमा ७७ वटै जिल्लामा फैलियो काेराेना संक्रमण, संक्रमितको संख्या १२ हजार ३०९ पुग्यो

367
  •  
  •  
  •  

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा नेपालमा थप ५ सय ५४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये ४ सय ३४ पुरुष र १ सय २० महिला छन् ।

स्वास्थ्य मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जोगश्वर गौतमले नेपालमा योसँगै संक्रमितको संख्या १२ हजार ३०९ पुगेको जानकारी गराए ।

नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या २८ पुगेको छ । कैलाली गोदावरी– ७ का ५० वर्षीय पुरुषको चितवन मेडिकल कलेजमा मृत्यु भएसँगै मृत्यु हुनेको संख्या २८ पुगेको हो ।

कोरोना संक्रमित देशभरका सबै ७७ वटै जिल्लामा देखिएको छ । पछिल्लो समय रसुवामा पनि संक्रमित भेटिए पछि ७७ वटै जिल्लामा संक्रमण फैलिएको हो । पछिल्लो २४ घण्टामा १३६ जना निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २८३४ पुगेको छ । जसमध्ये महिला १८ र पुरुष ११८ रहेका छन् ।

कहाँ कति फैलिए ?

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा रसुवामा एक महिला र ८ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

कोशी अस्पताल विराटनगरमा गरिएको परीक्षणमा उदयपुरका ३ महिला र ४ पुरुष, इलामका ५ पुरुष, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा मोरङका एक महिला र एक पुरुष, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा धनुषाका ३ पुरुष, महोत्तरीका एक महिला र २९ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा पर्साका एक महिला र एक पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा अछामका एक महिला र १२ पुरुष, अर्घाखाँचीका १६ पुरुष, वैतडीका ६ महिला र १८ पुरुष, बझाङका ४ पुरुष, बाजुराका एक महिला र ३ पुरुष, बाराका एक महिला र ७ पुरुष, डडेल्धुराका २ महिला र ६ पुरुष, धादिङका ३ पुरुष, डोटीका १५ महिला र ३१ पुरुषमा कोरोना पुष्टि भएको छ ।

यसैगरी गुल्मीका २ महिला र ५ पुरुष, जाजरकोटका एक पुरुष, कैलालीका २ महिला र ६ पुरुष, कंचनपुरका ३ पुरुष, कपिलवस्तुका एक पुरुष, पर्साका एक पुरुष, रसुवाका एक महिला र ८ पुरुष, रौतहटका ३ महिला र ३१ पुरुष, सल्यानका १३ पुरुष, सर्लाहीका ६ पुरुष र स्याङ्जाका ५ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

भरतपुर अस्पताल चितवनमा गरिएको परीक्षणमा चितवनका २ पुरुष, किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौंडामा गरिएको परीक्षणमा नुवाकोटका ६ पुरुष, मकवानपुरका २ पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ।

यस्तै धुलिखेल अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा बाराका एक महिला र ३ पुरुष, पाटन अस्पताल ललितपुरमा गरिएको परीक्षणमा पाँचथरका एक महिला, काठमाडौंका एक महिला र ३ पुरुष, भक्तपुरका एक पुरुष, वीर अस्पताल काठमाडौंमा गरिएको परीक्षणमा बझाङका एक महिला र ३ पुरुष, डोटीका २ पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा गरिएको परीषणमा बाजुराका ३१ महिला र ५० पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा नवलपरासी पुर्वका एक महिला र एक पुरुष, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखरामा गरिएको परीक्षणमा बाग्लुङका ८ पुरुष, स्याङ्जाका ६ महिला र १५ पुरुष संक्रमित भएका छन् ।
प्रादेशिक जनस्वासथ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा अर्घाखाँचीका एक महिला र एक पुरुष, पाल्पाका २ महिला र २४ पुरुष, प्युठानका ३ महिला र ४६ पुरुष, रुपन्देहीका ३ महिला र ५ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै भेरी अस्पताल नेपगंजको प्रयोगशालामा गरिएको परीक्षणमा बाँकेका २ पुरुष, बर्दियाका एक महिला र ३ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा गरिएको परीक्षणमा दाङका ३ महिला र २८ पुरुष, कपिलवस्तुका २ महिला र ५ पुरुष र रोल्पाका एक महिलामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै सुर्खेत प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा सुर्खेतका एक महिला र ६ जना पुरुष, सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा बैतडीका एक महिला र एक पुरुष, डोटीका २५ महिला, कैलालीका ५ महिला र एक पुरुष र कंचानपुरका २ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।


  •  
  •  
  •