नेपालमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु, मृत्यु हुनेको संख्या २८ पुग्यो

185
  •  
  •  
  •  

काठमाडौं । नेपालमा थप १ जनाको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कैलाली गोदावरी– ७ का ५० वर्षीय पुरुषको चितवन मेडिकल कलेजमा मृत्यु भएको हो ।

मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा. जोगेश्वर गौतमले मृतक पुरुषको कोरोना परीक्षणको रिपोर्ट पोेजेटिभ देखिएको पुष्टि गरे ।

योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या २८ पुगेको छ ।


  •  
  •  
  •