गण्डकी प्रदेशमा थप ३२ जनामा कोरोना सङ्क्रमण

287
  •  
  •  
  •  

काठमाडौं । गण्डकी प्रदेशमा थप ३२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार सबैभन्दा धेरै स्याङ्जामा कोरोना संक्रमित थपिएका छन् ।

उनीहरु अर्जुनचौपारी गाउँपालिकाका १२ महिनाको बच्चा, ६ महिला सहित १९ जना तथा पुतलीबजार, वालिङ र बिरुवाका एक, एक जना रहेका छन् ।

त्यस्तै बाग्लुङका ८ जना र नवलपरासी सुस्ता पूर्वका २ जनामा पनि सङ्क्रमण पुष्टि भएको छ । वालिङ र नवलपरासी सुस्ता पूर्वका सङ्क्रमित आईसोलेसनमा नै छने भने अरु सङ्क्रमितलाई आईसोलेसनमा लैजाने तयारी भईरहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

गण्डकी प्रदेशका कोरोना सङक्रमित ८ सय ३८ मध्ये १०१ जना निको भएर घर फर्कि सकेका छन् ।

 


  •  
  •  
  •