थप ५ सय ९३ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ११ हजार ७ सय ५५ पुग्यो

371
  •  
  •  
  •  

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ५ सय ९३ जनामा कोरोना भाइरस(कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा शुक्रबार आयोजित नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा.जागेश्वर गौतमले हाल नेपालमा कुल संक्रमितको संख्या ११ हजार ७ सय ५५ पुगेको बताए ।

नेपालमा यसअघि सबैभन्दा बढी असार ४ गते ६ सय ७१ जना थपिएका थिए भने असार १० मा ६ सय २९ कोरोना संक्रमित थपिएका थिए । यस्तै बिहीबार नेपालमा थप ४ सय ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

त्यस्तै विगत २४ घण्टामा ४८ जना कोरोनामुक्त भएर घर फर्किएका छन्। विभिन्न अस्पतालहरुबाट ४० पुरुष र ८ महिला कोरोनामुक्त भइ डिस्चार्ज भएका हुन् ।


योसँगै शुक्रबारसम्म कुल डिस्चार्ज हुनेको संख्या २ हजार ६ सय ९८ पुगेको छ। मृतक २७ जनामा कोरोनाभाइरस देखिएको छ। रसुवाबाहेक ७६ जिल्लामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

विगत २४ घण्टामा ६ हजार ५ सय ३४ जनाको पिसिआर परीक्षण भएको छ। हालसम्म २ लाख ६ हजार बढीको पिसिआर परीक्षण भएको मन्त्रालयले जनाएको छ ।

 


  •  
  •  
  •